राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वालेन्द्र शाहले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन् ।
झापा क्षेत्र नम्बर ५ का समस्या र एजेण्डा समेटेर बाचा पत्र सार्वजनिक गरेका हुन् । उनले बेथिति र भ्रष्टाचार विरुद्ध संसदमा सशक्तरूपमा उभिने मुख्य संकल्पका साथ शाहले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेका छन्। वाचा पत्रमा राजनीतिलाई पेसा नबनाउने दाबी गरेका छन ।
बाचा पत्रमा भनिएको छ,‘ राजनितीलाई सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने प्रयत्न गर्ने छु ।’
उनले विद्यालय छोड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा ‘स्मार्ट क्लास’ तथा प्रयोगशाला स्थापना गर्ने बताएका छन ।
यस्तै, स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि निस्शुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने र घर(घर स्वास्थ्य सेवा कार्यक्रमझ मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने प्रतिबद्वता जनाएका छन । बाचा पत्रमा झापा(५ को मुख्य आधार कृषिलाई आधुनिकीकरण बताएका छन ।
बाचा पत्रमा भनिएको छ, ‘कन्काई रतुवा सिँचाइ योजना’ विस्तार र ‘एक पालिका, एक शीत भण्डार’ को अवधारणा ल्याइएको छ। यस्तै, पूर्वाधारतर्फ दमक रवि चिसापानी सडकको पूर्णता, हुलाकी सडक र पुलहरूको समयमै निर्माण, दमकलाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिन्छ ।’
उनले भूमिहीन र सुकुम्वासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने बताएका छन । शाहले ‘जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला’ भन्दै मतदातासँग अपील गरेका छन्।