दुलाल बन्धु सेवा समाज ललितपुरको चौथो जिल्ला अधिवेशन सम्पन्न

Date: 2025-03-01
news-banner
ललितपुर  ।  बन्धुत्व र भातृत्वका लागि सम्पूर्ण दुलालको एकताको   मुल उद्देश्यको साथ स्थापित दुलाल बन्धु सेवा समाज जिल्ला कार्य समिति ललितपुरको चौथो   जिल्ला अधिवेशन सम्पन्न भएको  छ  ।

अधिवेशनबाट जिल्ला अध्यक्षमा  दिपेन्द्र दुलाल , उपाध्यक्षम राजेन्द्र दुलाल ,  महिला उपाध्यक्षमा  सरस्वती दुलाल , सचिव  किरण दुलाल , सहसचिवमा भिम प्रसाद दुलाल , कोषाध्यक्ष माधब दुलाल  र सदस्यहरुमा   अर्चना दुलाल , प्रदिप दुलाल , नवराज दुलाल , डिल्ली प्रसाद दुलाल , भरत दुलाल ,  राजन दुलाल , सन्तोष दुलाल , बिनोद कुमार  दुलाल , श्याम सुुन्दर दुलाल सर्वसम्मत निर्वाचित भएको  निर्वाचन संयोजक रामहरि दुलालले  जानकारी दिए ।  अधिवेशनमा केन्द्रीय उपाध्यक्ष  रुद्र प्रसाद दुलाल , वागमती  प्रदेश अध्यक्ष जयराम दुलाल ,  वागमती प्रदेश उपाध्यक्ष निल प्रसाद दुलाल , वागमती प्रदेश महासचिब  गोविन्द  दुलाल  वंशावली निर्माण अनुसन्धानकर्ता गोपाल  प्रसाद दुलाल लगायतका व्यक्तित्वको  उपस्थिती रहेको थियो । 

नवनिर्वाचित दिपेन्द्र दुलालले  ललितपुरका  विभिन्न  भूगोलमा छरिएर रहेका दुलालहरुको कुल पुजा एउटै मन्दिरबाट  गराउने  र जिल्लाका सबै बन्धुलाई संगठित गराउँदै जाने बताए ।

Leave Your Comments