ललितपुर - राष्ट्रिय परिक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ को नतिजामा पिनाकल एकेडेमीले पुन नेपाल प्रथम स्थान हाँसिल गर्न सफल भएको छ।
विगतका बोर्ड परिक्षाहरूमा पनि पटक पटक बोर्ड टप गर्न सफल भएकोमा यस पटक पनि पिनाकल कलेजका सुशील कुमार चौधरीले विज्ञान संकाय अन्तर्गत ३.९६ प्राप्त गरि नेपाल प्रथम हुन सफल भएका छन् । यसका साथै व्यवस्थापन संकाय तर्फ पनि रितिमा थापाले ३.९ प्राप्त गरेकी छिन् । त्यस्तै १०० जना भन्दा विद्यार्थीहरुले A+ ल्याउन सफल हुनुका साथै ९८.७ प्रतिशत विद्यार्थी पास हुँदा विज्ञान संकायमा ९९.५ प्रतिशत पास हुन सफल भएका छन् भने कानुन विषयमा शतप्रतिशत विद्यार्थी पास भएका छन् ।
पटक पटक बोर्ड फस्ट
राष्ट्रिय परिक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ को नतिजामा पिनाकल एकेडेमीले पटक पटक नेपाल प्रथम स्थान हाँसिल गर्न सफल भएको छ।
ललितपुरको लगनखेलमा विगत २५ वर्षदेखि साइन्स , म्यानेजमेण्ट तथा कानुनमा समेत प्लस टु शिक्षा दिइरहेको कलेज हो, पिनाकल एकेडेमी । शैक्षिक क्षेत्रमा खारिएका व्यक्तिहरुको संलग्नतामा सञ्चालित पिनाकल एकेडेमी नतिजा र शैक्षिक उपलब्धिका दृष्टिले सर्वोत्कृष्ट कलेजका रूपमा स्थापित छ ।
पिनाकल एकेडेमीबाट प्लस टु गरेका अधिकांश विद्यार्थी उत्कृष्टको पर्याय बनेका छन् । यहाँ अध्ययन गरेका विद्यार्थी साइन्टिष्ट, डाक्टर, इञ्जिनियर बैंकर, राजनीतिक नेतृत्व आदिमा छन् ।
पिनाकलका विद्यार्थीहरु यतिबेला अमेरिकाको नासा र गुगल कम्पनीमा कम्प्युटर इञ्जिनियरदेखि जापानमा हाइड्रो इञ्जिनियर र नेपालमै उत्कृष्ट र अब्बल डाक्टर तथा पाइलटका रुपमा स्थापित छन् ।
स्थापना कालदेखि नै शैक्षिक उपलब्धिमा सर्वोत्कृष्ट रहेको पिनाकल एकेडेमीको शैक्षिक गुणस्तर र नतिजा हरेक वर्ष उकालो चढिरहेको तथ्याङ्क र नतिजाले पुष्टि गरेको छ । शैक्षिक उपलब्धिमा मात्रै होइन, हवाई क्षेत्र, खेलकुद, राजनीति, एमसी आदिमा पनि पिनाकलका विद्यार्थी उत्कृष्ट छन् ।