नेपाली काङ्ग्रेस पार्टी रामेछापका उम्मेदवार रामचन्द्र खड्का भक्कानिए

Date: 2026-02-23
news-banner
रामेछाप - नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नु भएका नेपाली काङ्ग्रेस पार्टी रामेछापका वरिष्ठ नेता एक कार्यक्रममा भक्कानिदै रोएको भिडियो भाइरल भएका छन् ।

हिजो एक कार्यक्रममा भक्कानिएको भिडियो भाइरल भएपछि  प्रतिनिधि सभाका उम्मेदवार लाई रामेछापका नेता तथा कार्यकर्ता हरुले विभिन्न अट्कल बाजि गरेका छन् । संविधान सभा सदस्य आफ्नै सहोदर दाजु स्वर्गीय शिव बहादुर खड्का कि धर्म पत्नी रास्वपा प्रवेश गरेका कारण भक्कानिएका हुन् भनेका छन् भने कतिपय नेताहरुले बिगतका दिनहरूमा देश र जनताका जनजिविका लागि लडेका पिडा सम्झेर भक्कानिएका हुन् भनेका छन् ।संविधान सभा सदस्य रामचन्द्र खड्काको आफ्नै सहोदर दाजु स्वर्गीय शिव बहादुर खड्का कि धर्म पत्नी इन्दिरा दाहाल एक कार्यक्रमका बिच रास्वपामा प्रवेश गरेका थिए।

नेपाली काङ्ग्रेस पार्टी का नेता एबम प्रतिनिधि सभाका उम्मेदवार रामचन्द्र खड्काले भने आफू १३ बर्षको कलिला उमेरमै राजनितिमा लागेको र सानै उमेरमा जेल जीवन भोगेर आएको ब्यक्ति भएको बताएका छन्  हिजो पनि तपाई हरुको साथमा थिए भोलि पनि हुनेछु,मेरो जीवन रहुन्जेल शासक हैन सेवक भएर मर्ने प्रण गर्दछु । उहाँको यो भनाई भक्कानिएका समयमा फुरेका शब्द हुन् । 

नेपाली काङ्ग्रेस पार्टी सभापति एबम पुर्ब मन्त्री पुर्ण बहादुर तामाङ कान्छारामले भने संविधान सभा सदस्य स्वर्गीय शिव बहादुर खड्का कि धर्म पत्नी रास्वपा प्रबेशले नेपाली काङ्ग्रेस पार्टी र हाम्रो उम्मेदवार रामचन्द्र खड्कालाई कुनै असर नपर्ने बताएका छन् ।
  
रामचन्द्र खड्का १६ बर्ष नेपाली काङ्ग्रेस पार्टी सभापति चलाएका एक बैचारिक नेता हुनुहुन्छ।



Leave Your Comments