ललितपुर–२ मा चुनावी सरगर्मी, एमालेको जित सुनिश्चित हुने दाबी

Date: 2026-02-25
news-banner
ललितपुर - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट ललितपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार प्रेमबहादुर महर्जनले आज ललितपुर महानगरपालिका वडा नं. १९ र १२ मा मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।

घरदैलोका क्रममा उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेको जित निश्चित रहेको दाबी गर्नुभयो। देशैभरि एमालेको लहर देखिएको उल्लेख गर्दै त्यसको प्रभाव ललितपुर क्षेत्र नं. २ मा पनि व्यापक रूपमा देखिएको बताउनुभयो।उहाँका अनुसार जनतामा एमालेलाई जिताउनुपर्ने चाहना र उत्साह उल्लेखनीय रूपमा बढिरहेको छ। स्थानीय बासिन्दासँगको भेटघाट तथा छलफलमा विकास निर्माण, सुशासन र स्थायित्वका विषयमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको उहाँले जानकारी दिनुभयो।

घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave Your Comments