रामेछाप २१ फाल्गुन - देश भर ऐतिहासिक निर्वाचन हुँदै गर्दा रामेछाप जिल्ला सुनापति गाउपालिकामा भने फरक दृश्य देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति रमेश कुमार रायमाझीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र निर्वाचन आचारसंहिता विपरित काम गरि मतदातालाई जबर्जस्ती करकापमा पारी नेपाली काङ्ग्रेस पार्टीको मत खोसेर हाल्नलागे पछि मत स्वतिक छाप लगाएको तर मतदाताले मेरो मत रुखमा हाल्ने हो घण्टी मा किन छाप लगाएको भन्ने मतदाताको आक्रोश पछि जिल्ला सभापति रमेश रायमाझी र नेपाली काङ्ग्रेस पार्टी का स्थानीय नेता अर्जुन रायमाझी बिच केहि समय बादबिवाद चलेको थियो ।
मतदाताले मेरो मत खेर हुन दिन्न भन्दै घण्टी चिन्हमा लगाएको मत पत्र मतदाताले नै च्यातिएका थिए अन्तत निर्वाचन अधिकृत र राजनितिक दलको सहमतिमा मतदातालाई पुनः मतदान गर्न नयाँ मतपत्र दिएर मत हाल्ने अधिकार दिएका थिए ।निर्वाचन आचारसंहिता बिपरित काम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति रमेश रायमाझी बिरुद्ध नाराबाजि नै चलेको थियो ।