इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

Date: 2025-08-31
news-banner

इजरायलको आक्रमणमा परेर यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहावीको मृत्यु भएको छ । यमनका हुथी विद्रोहीहरूले इजरायलको आक्रमणमा प्रधानमन्त्रीको मृत्यु भएको दाबी गरेको हो ।

गाजा युद्ध सुरु भएपछि यो हुथी विद्रोहीहरूका लागि सबैभन्दा ठुलो क्षति भएको छ । यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो । हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै यमनी प्रधानमन्त्री मारिएको समाचार एजेन्सी रोयटर्सले बताएको छ । तर यो दाबीलाई स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बिबिसीले जनाएको छ ।

शनिवार हुथी विद्रोही समूहको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मशातले यमनी प्रधानमन्त्री मारिएको घोषणा गरेका छन् ।

Leave Your Comments