प्रधानमन्त्री सुशीला कार्कीलाई अमेरिकी राजदूत डीन आर थम्पसनले भेटेरै बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री कार्कीलाई भेट्न राजदूत थम्पसन बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । प्रधानमन्त्री कार्की र राजदूत थम्पसनबीचको शिष्टाचार भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकोमा कार्कीलाई बधाई दिएका हुन्।
प्रधानमन्त्री कार्की हालै सम्पन्न जेन-जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् ।