ललितपुर–५ द्वारा जेहनदार बालबालिकालाई शैक्षिक सामग्री वितरण

Date: 2026-09-06
news-banner
ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ५ ले अध्ययनमा उत्कृष्ट तथा जेहनदार बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। बालबालिकामा अध्ययनप्रतिको रुचि र उत्साह बढाउँदै उनीहरूलाई शैक्षिक क्षेत्रमा थप प्रोत्साहन गर्ने उद्देश्यले वडा कार्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा विद्यार्थी तथा बालबालिकालाई अध्ययनका लागि आवश्यक विभिन्न स्टेसनरी सामग्रीका वितरण गरिएको थियो।
वडा कार्यालयका अनुसार बालबालिकालाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको अध्ययनप्रतिको रुचि, आत्मविश्वास र सक्रियता बढाउन सहयोग पुग्नेछ। आर्थिक तथा अन्य कारणले आवश्यक सामग्रीको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै गरिएको यस्तो सहयोगले बालबालिकाको शैक्षिक यात्रामा सकारात्मक योगदान पुग्ने वडा कार्यालयको विश्वास छ।

कार्यक्रमलाई वडा क्षेत्रमा स्वच्छ, सफा, हराभरा तथा धुवाँ–धुलोरहित सुरक्षित वातावरण निर्माण गर्ने अभियानसँग समेत जोडिएको थियो। वातावरण संरक्षण तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरणसम्बन्धी सन्देश प्रवाह गर्दै बालबालिकालाई कपडाको झोला, बोतल, ब्यागलगायतका वातावरणमैत्री सामग्री प्रदान गरिएको थियो।

बालबालिकालाई सानै उमेरदेखि शिक्षा र वातावरण संरक्षणप्रति सचेत गराउने उद्देश्यले गरिएको यस कार्यक्रमले अध्ययनसँगै जिम्मेवार र वातावरणप्रेमी नागरिक निर्माणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

तस्वीरहरु 

Leave Your Comments