विदेशमा भएका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था मिलाउन पर्छ: गृहमन्त्री

Date: 2025-09-18
news-banner

गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई पनि समानुपाति प्रणाली अन्तर्गत मतदान गर्न पाउने व्यवस्था मिलाइने बताएका छन् ।  

आगामी निर्वाचनका विषयमा निर्वाचन आयोगमा भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न दिने विषयमा सरकारको विशेष जोड रहेको दावी गरे । उनले भने, ‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनुपर्ने माग अहिले धेरै ठूलो अपेक्षा बनेको छ । सर्वोच्च अदालतले समेत यस विषयमा आदेश दिइसकेको धेरै वर्ष भइसकेको छ । अब यसलाई सम्भव बनाउनैपर्छ । प्राविधिक कठिनाइ भएपनि जहाँबाट सकिन्छ। यो व्यवस्था लागू गर्न आवश्यक छ ।’गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई समावेशी र सहभागीमूलक बनाउन सबै पक्षलाई समेट्ने प्रयास आवश्यक रहेको भन्दै निर्वाचन आयोगसँग सहकार्यमा रहन सरकार तयार रहेको बताए ।  उनले पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको बताएका छन्  । 

जेन-जी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको पनि बताए ।



Leave Your Comments