शङ्खमूल आवास क्षेत्रमा खुल्ला शारीरिक व्यायाम स्थल पार्क स्थापना

Date: 2025-09-20
news-banner
ललितपुर - शङ्खमूल आवास क्षेत्रमा खुल्ला शारीरिक व्यायाम स्थल पार्क स्थापना गरिएको छ । ललितपुर  महानगरपालिकाका  वडा नं.११ मणिडों टोल सुधार समितिको आयोजना तथा ललितपुर  महानगरपालिकाका  वडा नं.११ को सहयोगमा निर्माण भएको खुल्ला व्यायाम केन्द्रको समुद्घाटन गरिएको हो।

खुल्ला शारीरिक व्यायाम स्थलबाट नागरिकले व्यायाम निःशुल्क गर्न पाउनेछन् जहाँ व्यायाम स्काई वाकर, एअर वाकर, क्रस टेनर, सिट अप सिङ्गल, चेस्ट प्रेस, साइकल, हर्स राइडर, पुस अप बारजस्ता ११ प्रकारका सामग्री छन् ।
वडाबासीहरूको स्वास्थ्यलाई मध्यनजरराखी  व्यायामका सामग्री रु ११ लाखको लागतमा जडान गरिएको ललितपुर महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले बताउनुभयो  । 

शारीरिक स्फूर्ति र शरीरका लागि आवश्यक व्यायामका लागि बनाइएको खुला व्यायामशाला वडावासीले निःशुल्क प्रयोग गर्न सक्ने  मणिडों टोल सुधार समितिको अध्यक्ष राजेन्द्र तण्डुकारले बताउनुभयो ।खुला व्यायामशाला बिहान ५ देखि ९ बजे सम्म र बेलुकी ४ देखि ८ बजे सम्म खुल्ला हुने जानकारी दिनुभयो । 

शङ्खमूल आवास क्षेत्रमा खुल्ला शारीरिक व्यायाम स्थल पार्कको समुद्घाटनको साथसाथै वृक्षारोपण गरी विजयादशमी शुभ दिपावली एवं छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको छ।


Leave Your Comments