रन्जना लम्साल थापा
लाखौं तारा टिलपिल चम्कन्छन्,
आकाशको कालो क्यानभासमा रमाउँछन्।
तर तिनीहरूको माझमा एक्लो उभिएको,
ध्रुवतारा, स्थिर, मौन छ, आत्मविश्वासमा चम्किएको।
न घुम्छ, न डगमगाउँछ यो,
रातको अँध्यारोमा मार्ग देखाउँछ यो।
नवयुगको सपना, यात्रीको आधार,
ध्रुवतारा बन्छ सधैं सत्यको संसार।
कहिल्यै नझुक्ने अनि कहिल्यै नहराउने,
निलो आकाशमा सधैं बाँचिरहने
आफ्नै तपस्याले अमर भइरहने ।
यो तारा हो, जसले दिशा देखाउँदै
लाखौंको भीडमा एक्लै उभिदै
मौनता अनि सहनशीलताको पाठ सिकाउँदै
कर्मको चमकले संसार सिँगार्न खोज्दै
हेर, ध्रुवतारा, मूक सन्देश बोकेर
आरोप, प्रत्यारोप सहेर ,दृढ रहन सधैं डटेर।
रातको कालोमा, जब तारा हराउँछन्,
ध्रवतारा भन्छ, "नडराऊ, बाटो खोज,
म यहाँ छु, सधैं सत्यलाई रोज ।"