ललितपुरमा राष्ट्रव्यापी प्रणामी कप फुटसल तथा सामुहिक पदयात्रा प्रतियोगिता हुने

Date: 2025-10-13
news-banner
सन्तोष दहाल, ललितपुर । 'दुर्व्यसन त्यागौंं, सेवामुखी बनौँ' भन्ने मूल उद्देश्यका साथ स्थापित भई अहिंसाको सन्देश दिने,धार्मिक तथा आध्यात्मिक जागरणहरू सञ्चालन गर्दै आइरहेको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति इमाडोलको आयोजनामा राष्ट्रव्यापी प्रणामी कप फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। 

यही आउँदो कार्तिक २१ र २२ गते सञ्चालन हुने उक्त प्रतियोगिता श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल ललितपुर जिल्ला समितिको संयोजन तथा महालक्ष्मी नगरपालिका वडा नम्बर १ को सहयोगमा सञ्चालन हुन हुन लागेको हो । यसैगरी आगामी कार्तिक २९ गते शनिबारका दिन श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति लामाटारको आयोजनामा सामूहिक पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ ।

 महालक्ष्मी नगरपालिका वडा नम्बर ९ र १० का रमणीय स्थानहरूको दृश्यावलोकन गर्दै मनोरम प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्ने, स्थान स्तरमै उत्पादित गुन्द्रुक लगायतका अर्गानिक उत्पादनहरूसँगै खानाको स्वाद लिने, साथीभाइहरूसँग भेटघाट गर्ने तथा दिनहुँको सहरी जनजीवनबाट एक दिनको लागि मुक्ति लिने उद्देश्यका साथ उक्त सामूहिक पदयात्रा कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

Leave Your Comments