काठमाडौं - नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको Tripadvisor Travellers' Choice Award 2025 प्राप्त गरेको छ। यो सम्मानले गुरु ट्राभल्सलाई विश्वका शीर्ष १० प्रतिशत उत्कृष्ट ट्राभल कम्पनीहरु मध्ये एकको रूपमा मान्यता दिएको छ।
Tripadvisor को यो वार्षिक पुरस्कार विश्वभरका यात्रुहरूको अनुभव र समीक्षाका आधारमा प्रदान गरिन्छ। यसले उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र गुणस्तरीय यात्राको निरन्तर प्रतिबद्धता देखाउने कम्पनीहरुलाई सम्मान गर्छ।
गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेलज्यू भन्नुभयो, "Tripadvisor द्वारा प्रदान गरिएको यो सम्मान हाम्रो टिमको मिहिनेत र ग्राहकहरूको विश्वासको नतिजा हो। यसले हामीलाई अझ गुणस्तरीय सेवा दिन र नेपाली पर्यटनलाई विश्वमा फैलाउन थप प्रेरणा दिएको छ।"
नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी भएको गुरु ट्राभल्स लिमिटेड ले पारदर्शी मूल्य प्रणाली, व्यक्तिगत सेवा, अत्याधुनिक प्रविधि र विश्वसनीय बुकिङ प्रणालीमार्फत पर्यटन व्यवसायमा नयाँ स्तर स्थापना गरेको छ। कम्पनीले देशभित्रका र अन्तर्राष्ट्रिय टुर प्याकेजहरू, हवाई टिकटिङ, होटल बुकिङ, भिसा सेवा, सम्मेलन तथा इभेन्ट व्यवस्थापन (MICE), र सवारी भाडा सेवा लगायतका सम्पूर्ण यात्रा सम्बन्धी सुविधाहरु एकै स्थानबाट उपलब्ध गराउँदै आएको छ।
त्यसका साथै, गुरु ट्राभल्सले नेपालभित्रका सांस्कृतिक, धार्मिक र प्राकृतिक यात्रासँगै अन्तर्राष्ट्रिय Rotary, Lions, MICE र Corporate Tour कार्यक्रमहरू समेत सफलतापूर्वक सञ्चालन गरेको छ। यो अन्तर्राष्ट्रिय मान्यता नेपालका लागि गर्वको विषय बनेको छ र गुरु ट्राभल्सको विश्वसनीय ब्रान्ड पहिचानलाई अझ मजबुत बनाएको छ ।