सर्लाहीको लालबन्दीमा प्रहरीले विशेष सूचनाका आधारमा गरेको मामुली चेकजाँचले ठूलो परिमाणको अवैध गाँजा बरामद भएको छ। लालबन्दी नगरपालिका–१४ का २५ वर्षीय गंगा बहादुर वाइवा बा.१२ च.४७१० नम्बरको पिकअप भ्यानमा ५२ किलो गाँजा लोड गरी बजारतर्फ लैजाँदै गर्दा प्रहरीले हिरापुरमा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा भ्यानको चालक सिटमुनि विशेष रूपमा तयार गरिएको ‘फल्स बटम’ भण्डारण भागभित्र गाँजा लुकाइराखिएको फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका वाइवामाथि सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

