मन्त्री जगदीश खरेलद्वारा ललितपुर वडा १२ का सम्पदा क्षेत्रहरूको अवलोकन

Date: 2025-12-10
news-banner
ललितपुर — संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज ललितपुर महानगरपालिका वडा नं. १२ अन्तर्गतका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रहरूको विभिन्न ठाउँमा गई अवलोकन गर्नुभएको छ। 

वडा कार्यालयमा आयोजित भेटघाटमा संघीय सरकार र स्थानीय तहबीच समन्वयको आवश्यकतामा बारेमा छलफल गरिएको थियो  ।भेटघाटपछि मन्त्री खरेलले वडा नं.१२ मा रहेको सम्पदा, सांस्कृतिक तथा पर्यटन क्षेत्रको नजिकबाट अवलोकन गर्नुभयो। उहाँले सबैभन्दा पहिले चाःवाहालको जेष्ठ वर्ण महाविहार पुगेर त्यहाँको ऐतिहासिक महत्व, वास्तुकला तथा धार्मिक क्रियाकलापबारे जानकारी लिनुभयो। त्यसपछि टोली चाःवाहालमा स्थित बालकुमारी देविको दर्शन गरि  टंगल हुँदै  मिननाथ बहाल र मच्छिन्द्रनाथ बहालको अवलोकन गर्नुभयो।

उक्त भेटघाट मा ललितपुर महानगरपालिका वडा नं.१२ अध्यक्ष नारायण लाल अवालेले आफ्नो  वडाको बारे विस्तृत जानकारी गरानुभयो ।

ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रहरू अवलोकन गर्ने क्रममा ललितपुर महानगरपालिका वडा नं.१२ का  महिला सदस्य शसिता महर्जन , वडा सदस्य सानु अवाले लगायत वडा सचिव र अन्य कर्मचारी  सरीक भएका थिए ।


तस्वीरहरु

Leave Your Comments