ललितपुर महानगरपालिकाको बजेट नगरसभाबाट पारित

Date: 2024-07-02
news-banner
ललितपुर - ललितपुर महानगरको नगरसभाले आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट पारित गरेको छ ।

यही असार १० गतेको नगरसभा बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेस गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट र आर्थिक विधयेक नगरसभाको बैठकद्धारा सर्वसम्मति रुपमा पारित भएको सूचना अधिकारी देवप्रसाद गुरागाईँले जानकारी दिए । महानगरले रु सात अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट ल्याएको थियो । गुरागाईंका अनुसार चालु खर्चतर्फ रु दुई अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ चार अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।  महानगरका अनुसार वार्षिक बजेटमा स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट रु २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको छ, आन्तरिक स्रोतबाट  तीन अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने अनुमान गरिएको छ । यस वर्षको वार्षिक बजेटमा वातावरण र हरियाली प्रबद्र्धनको योजनालाई प्राथमिकतामा राखेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई विशेष ध्यान दिएका छौँ ँज्येष्ठ नागरिक र बालबालिका समेतलाई प्राथमिकतामा राखेका छौँ”, प्रमुख महर्जनले भने । “चरणबद्धरुपमा हामीले औपचारिक, अनौपचारिक ढङ्गबाट छलफल गर्यौं, नगरसभामा घनीभूत छलफलपछि नगरसभाका सदस्यहरुले राखेको केही संशोधनसहित बजेट पारित भयो’ उनले भने ।  वातावरण संरक्षण, हरियाली प्रवद्र्धनका साथै पोखरीको संरक्षण गर्ने ,सहरी सौन्दर्यताको विषयलाई महानगरले अघिल्ला वर्षहरुदेखि नै प्राथमिकतामा राख्दै आएको छ 

Leave Your Comments