मानव सेवामा समर्पित रक्तदान कार्यक्रम मंगलबजारमा हुँदै

Date: 2026-01-02
news-banner
ललितपुर - LC Elite Fraternity को आयोजना र Innovative English School को सह–आयोजनामा मानव सेवामा समर्पित रक्तदान कार्यक्रम आयोजना हुँदैछ।

कार्यक्रम पुस १९ गते शनिबार, ललितपुरको मंगलबजारमा बिहान १०ः३० बजेदेखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुनेछ।रक्तदान कार्यक्रमलाई ललितपुर महानगरपालिकाले सहयोग गरेको छ भने नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग प्रदान गरेको छ ।आयोजकहरूले सानो कार्यले ठूलो परिवर्तन ल्याउन सक्ने भावनाका साथ सबै नागरिकलाई रक्तदान गरी जीवन बचाउने यस अभियानमा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्।

कार्यक्रमका आयोजकहरूले भने, “तपाईंको एक थोपा रगत कसैको जीवनको आशा बन्न सक्छ। आउनुहोस्, नयाँ वर्ष २०२६ लाई मानव सेवाबाट सुरुवात गरौं।”यो रक्तदान कार्यक्रम समुदायमा सहयोग र सेवा भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको छ, जसले मानिसहरूलाई जीवनदायिनी सहायता पुर्‍याउनेछ।



Leave Your Comments