थसिखेल महिला समूहको ८ औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन

Date: 2026-01-03
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. ५ स्थित श्री थसिखेल महिला समूहको ८औँ वार्षिक साधारण सभा भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा पुष्पा कुमारी श्रेष्ठ, उपाध्यक्षमा भिमा गजुरेल, सचिवमा सिर्जना पन्त र सह–सचिवमा लक्ष्मी महर्जन चयन हुनु भएको छ। त्यसैगरी कोषाध्यक्षमा बबिता गजुरेल, सह–कोषाध्यक्षमा सुनिता ताम्राकार चयन हुनु भएको छ भने सदस्यहरूमा सुस्मिता पौडेल, मिरा सुनुवार, सर्मिला सुनुवार, मिना सिजापती र चादनी गुरुङ रहनु भएको छ।

कार्यक्रममा समूहकी अध्यक्ष सरोजनी राजभण्डारीले महिला समूहले स्वास्थ्य, शिक्षा, सामाजिक सचेतना, सहयोग तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले समूहका कार्यक्रम सफल बनाउन निरन्तर सहयोग गर्दै आएकोमा ललितपुर महानगरपालिका वडा नं. ५ प्रति धन्यवाद व्यक्त गर्नुभयो।

साधारण सभामा प्रमुख अतिथिका रूपमा उपस्थित वडा अध्यक्ष विकास मान श्रेष्ठले थसिखेल महिला समूहले समाजमा खेलेको भूमिकाको प्रशंसा गर्दै समूहका कार्यहरू उदाहरणीय र प्रेरणादायी रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सकारात्मक गतिविधिहरू निरन्तर अगाडि बढाउन शुभकामना व्यक्त गर्नुभयो। साथै वडा नं. ५ लाई सफा, सुरक्षित र हराभरा महानगर बनाउने उद्देश्यसहित विभिन्न विकास तथा सरसफाइ कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी पनि दिनुभयो।

कार्यक्रममा ललितपुर महानगरपालिकाको समाज कल्याण महाशाखाकी प्रमुख सरिता महर्जनले समूहको वार्षिक प्रतिवेदनलाई अझ प्रभावकारी बनाउन सुधार गर्नुपर्ने विषयमा महत्वपूर्ण सुझाव व्यक्त गर्नुभयो।

समूहकी कोषाध्यक्ष सुजिता राजभण्डारीले आर्थिक विवरण प्रस्तुत गर्दै समूहको कुल पुँजी तथा दायित्व ९ लाख ६३ हजार ५५ रुपैयाँ र कूल आय–व्यय ५ लाख ५९ हजार ७७७ रुपैयाँ रहेको जानकारी गराउनुभयो। त्यस्तै सचिव पुष्पा श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभयो।

साधारण सभामा उपाध्यक्ष भिमा गजुरेल, सल्लाहकार विजयनाथ जोशी, सल्लाहकार जिना शाक्य, वडा सदस्य पूर्णम निरौला, अशोक कुमार श्रेष्ठ, महिला वडा सदस्य शोभा देवी प्रदान श्रेष्ठ, वडा सचिव युवराज सैजु, वडा सदस्य मञ्जु रिजाल लगायतले शुभ
कामना तथा स्वागत मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रमको अवसरमा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।



Leave Your Comments