आँखा शिविर : १ सय ८३ जना लाभान्वित

Date: 2026-01-11
news-banner
ललितपुर : पाटनको भिन्छेबहाल र इमाडोलमा शनिबार  सम्पन्न आँखा शिविरमा एक सय ८३ जना लाभान्वित भएका छन् ।

‘लाइन्स इन्टरनेश्नल डिस्ट्रिक ३२५ एस नेपाल’, तिलंगगा सामुदायिक आँखा केन्द्र चापागाउँलगायतको आयोजनामा सम्पन्न शिविरमा आँखा परीक्षण गराउनेमध्ये १९ जनाको मोतिविन्दु देखिएको छ । मोतिविन्दु देखिएकाहरुको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ । मोतिविन्दु भएकाको निःशुल्क शल्यक्रिया गर्ने अभियानमा जुटेका पाटनका विद्युत बज्रचार्यले  शनिबार सुरु आँखा शिविर पाँच हजार जना मोतिविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया नभएसम्म अभियान नरोकिने बताए । ‘पहिलो चरणमा मोतिविन्दु देखिएकाहरुको पुस २८ गते शल्यक्रिया गर्ने योजनामा छौं,’ उनले भने ।

शिविर आयोजना गर्नको लागि पाटन भिन्छेबहालस्थित मयुरवर्ण बचत तथा ऋण सहकारी संस्थालगायतले सहयोग गरेको हो । मयुरवर्ण सहकारी संस्थाका अध्यक्ष अष्टराज बज्रचार्यले विभिन्न कारणले बढ्दो आँखा सम्बन्धि समस्या समाधान गर्न सहकारीले भुमिका खेलेको बताए । ‘जनताको स्वास्थ्य राम्रो बनाउन सहकारीले अझै भुमिका खेल्दै जानेछौ,’ उनले भने ।


Leave Your Comments