नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा

Date: 2024-07-03
news-banner

युरोपियन च्याम्पियन्ससिप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। प्रि-क्वाटरफाइनलको अन्तिम खेलमा नेदरल्यान्ड्सले रोमानियालाई ३-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। त्यस्तै, अर्को खेलमा टर्कीले अस्ट्रियालाई २-१ ले हराउँदै अन्तिम आठमा स्थान बनायो।

१६ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा डच टोलीका लागि सब्सटिच्युट डोन्याल मलिनले २ तथा कोडी गाक्पोले एक गोल गरे। लिभरपुल फर्वाड गाक्पोले पहिलो हाफमै उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। उसले बाँकी दुई गोल भने खेलको अन्तिम समयमा सम्भव बनायो। मलिनले ८३ औं मिनेटमा गाक्पोको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाउँदा इन्जुरी समयमा सिमोन्सको पासलाई मलिनले सदुपयोग गरेका थिए।त्यस्तै, प्रि-क्वाटरफाइनलको अन्तिम खेलमा टर्कीले अस्ट्रियालाई २-१ ले पराजित गर्‍याे। मेरिह डेमिरलले टर्कीका लागि दुवै गोल गरेका थिए। नकआउटमा युरोपियन च्याम्पियनसिप इतिहासकै छिटो गोल गर्ने क्रममा टर्कीले ५७ औं सेकेन्डमै गोल गरेको थियो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा टर्कीले ५९ औं मिनेटमा अग्रता दोब्बर बनायो। डेमिरलले नै टर्कीको अग्रता दोब्बर बनाए। ६६ औं मिनेटमा अस्ट्रियाले गोल फर्काएपनि टिमको जितका लागि पर्याप्त भएन। अब सेमिफाइनल प्रवेशका लागि टर्की र नेदरल्यान्ड्स भिड्नेछन्।

यस्तो छ क्वाटरफाइनल ‘ड्र’:

स्पेनविरुद्ध जर्मनी
पोर्चुगलविरुद्ध फ्रान्स
इंग्ल्यान्डविरुद्ध स्विट्जरल्यान्ड
नेदरल्यान्ड्सविरुद्ध टर्की


Leave Your Comments