ललितपुर - ललितपुर क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार चेतनाथ संजेलले आफुसँग डराएर विपक्षीले सामाजिक संजालमा भ्रम छरीरहेकाे बताएका छन् ।
उनीहरूले आफूले गरेका विभिन्न विकास निर्माणका कामलाई समेत आफैंले गरेजस्तो गर्दै सामाजिक संजालमा पाेष्ट हालिएको उल्लेख गरे ।हामी काम धेरै गर्छाैं तर प्रचार गर्न सक्दैनौं , संजेलले शनिवार टाहाखेलमा आयाेजित चुनावी प्रशिक्षणमा भने , गाउँ गाउँ धेरैखाले भ्रम छरिएका छन् यथार्थ बताएर त्यसलाई चिर्नु छ । उनले नवराज सिल्वाल र मधुसूदन पाैडेलले गरेका काम पनि एमालेले गरेकाे नभएर काङ्ग्रेसले गरेकाे भन्ने भाष्य निर्माण भएकाेमा दुख ब्यक्त गरे । बज्रबाराहि अस्पताल र गाेदावरी बहुउद्देश्यीय रंगशाला निर्माणकाे सुरुवात आफैंले बाग्मति प्रदेश सभा सदस्य भएका बखत गरेकाे यथार्थ कसैले भुल्न नहुने बताए । अहिले एक झुन्डले कालाेलाई सेताे भन्दा त्यहि पत्याएर दाैडने प्रवृत्ति बढेकाे छ, उनले भने , जनता सचेत हुनुपर्ने बेला आएकाे छ । उनले भागावनमा १४२८ सिँढि निर्माण गरेर हनुमानकाे मुर्ति स्थापना गर्ने तयारी अाफैले गरेकाे बताउँदै १३ वर्ष सम्म बन्द रहेको राजकुलाे खुलाउन आफैंले पहल गरेकाे उल्लेख गरे ।
संजेलले प्रलोभनमा पारेर पार्टी प्रवेश गराउने लहर चलेको बताउँदै स्वार्थ भरीएकाहरु कहिले कता त कहिले कता घुमिरहन्छन्, स्वार्थ रहित ब्यक्ति कतै पनि चहार्दैन ।