दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि

Date: 2026-02-08
news-banner
२५ माघ, ललितपुर। वामपन्थी नेता स्व. नरबहादुर कर्माचार्यको स्मृतिमा समाजवादी सिद्धान्तको रक्षा र विकासको लागि गठन भएको प्रतिष्ठान द्वारा आयोजित दुई दिने स्पर्धामा १८९७ रेटेड मिसन दाहाल विजयी भएका छन्।

१९ सय रेटेड मुनिको चेस प्रतियोगितामा झापा जिल्ला दमकका मिसन दाहालले नौ चरणको खेल वाट ८.५ अंक जोडेर एकल अग्रता कायम राख्दै नगद रु. २५ हजार, ट्रफी, मेडल प्राप्त गरेका छन्।ललितपुरको इखाछेँ टोलमा सम्पन्न प्रतिस्पर्धामा साँखुका सन्देश श्रेष्ठ ८ अंक जोडेर द्वितीय बन्दै नगद रु. १५ हजार, विराटनगरका ज्वाला इम्बुङ्ग ७.५ अंकका साथ तृतीय बन्दै नगद रु. १० हजार प्राप्त गर्न सफल भएका छन्।
यसैगरी ७.५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो स्थानमा रहँदै ललितपुर लुभुका राजकुमार लामाले ८ हजार, ७ अंक जोडेर स्याङ्जा पुतलि बजारका प्रसान्त गुरुङ पाँचौं बन्दै नगद रु. ७ हजार पुरस्कार ग्रहन गरेका छन्।

प्रतिस्पर्धामा छैठौं देखि दशौं स्थान ओगटेका खेलाडी क्रमश: काठमाडौँका विजेश राजकर्णीकार, मोरङका कसिभ कार्की, भारतीय शुभम कुमार, काडौँका हेमराज भण्डारी र धनुषाका राहुलकुमार गुप्ताले समान ७ अंक जोडेर जनही नगद रु. ६ हजार पुरस्कार प्राप्त गरेका छन्।विधागत उत्कृष्ट महिलातर्फ झापाकी कृतिसरा अधिकारी प्रथम, काठमाडौँकी राधिका पौडेल द्वितीय र खोटाङकी कुसुम घिसिङ्ग तृतीय बन्दै रु. १२ हजार प्राप्त गरेका छन्।

ललितपुरका स्थानीयतर्फ उत्कृष्ट विजय महर्जन, सोम आले संजय महर्जन, अनरेटेड तर्फ महोत्तरीका राहुल दत्त, लपुका हरिकृष्ण श्रेष्ठ, काडौंका सुहितमान श्रेष्ठ, सिनियर ५५ वर्ष आशा नारायण लवट, ६० वर्ष भक्तपुरका गणेशमान दुवाल उत्कृष्ट बने।यस्तै रेटिङ १८,१७,१६ सय मुनि फिदिमका गगन लवट, मोरङका भरत धिमाल, सुर्खेतका वीरेन्द्र बहादुर शाही, युवा १६,१४,१२,१०,८ वर्ष छात्रतर्फ काभ्रेका मिसन पराजुली पाल्पाका अग्रिम सैंजु उत्कृष्ट ठहरिएका छन्।यसै विधा अन्तर्गत काडौंकी नेलिसा ओझा, नवलपुरका शुभेच्छा घिमिरे, महालक्ष्मी नगरपालिकावाट शुभश्री श्रेष्ठ उत्कृष्ट बन्दै नगद पुरस्कार प्राप्त गरेका छन्।

खेल पश्चात प्रमुख अतिथि बागमती प्रदेश सभाषद् मा. रामकृष्ण चित्रकारले विजयी खेलाडीहरुलाई पुरष्कृत गर्दै आफ्नो सांसद कोषबाट बुद्धिचाल खेल आयोजना गर्न १० लाख बजेट विनियोजन गरेको जानकारी गराएका छन्।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा ११ अध्यक्ष अरोजकुमार खड्गीले खेल सामग्री हस्तान्तरण गर्दै आगामी संस्करण थप परिष्कृत गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

समापन सानुराज बज्राचार्यको सभापतित्वमा, पूर्व सांसद द्वय कृष्णलाल महर्जन, प्रेमबहादुर महर्जन, महासंघका प्रवक्ता राजु ताम्राकार लगायतको उपस्थिति रहेको थियो।

Leave Your Comments