ललितपुर वडा नं. १२ मा सात दिने लेखा व्यवस्थापन तालिम सम्पन्न

Date: 2026-02-08
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. १२ को आर्थिक सहयोग तथा हाम्रो प्रयास संस्थाको आयोजनामा सात दिने लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ। समुदायस्तरमा सञ्चालन हुँदै आएका महिला समूह, संस्थागत समूह तथा सामाजिक संस्थाहरूको आर्थिक पारदर्शिता अभिवृद्धि गर्ने तथा व्यवस्थापन क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिम समापन कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.१२ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष सानु अवालेले समूह तथा संस्थाहरूको दिगो विकासका लागि लेखा व्यवस्थापन अत्यन्त महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो। 

कार्यक्रममा वडा सदस्य तथा वडा कमिटी महिला कमिटीकी संयोजक सशिता महर्जनले महिला समूहहरूको आर्थिक हिसाबकिताब व्यवस्थित र पारदर्शी भए मात्र ती समूहहरू सशक्त, सक्षम र दिगो बन्न सक्ने बताउनुभयो।त्यसैगरी वडा सदस्य जीवन गोविन्द श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमले सहभागीहरूको व्यवहारिक क्षमता विकासमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो।

तालिममा प्रशिक्षक शान्त खड्गीले आम्दानी–खर्च विवरण, अभिलेख व्यवस्थापन, बजेट योजना तथा प्रतिवेदन तयारीलगायत विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।

सात दिने लेखा व्यवस्थापन तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई कार्यक्रमको अन्त्यमा प्रमाणपत्र वितरण गरिएको थियो।

Leave Your Comments