न्हूजः मां पुच: को २६ औँ वार्षिक साधारण सभा सम्पन्न

Date: 2026-02-09
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. १२ अन्तर्गत न्हूजः मां पुच: को २६ औँ वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।

संस्थाको वार्षिक गतिविधिको समीक्षा, आगामी कार्ययोजना तथा संगठनात्मक सुदृढीकरणका विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको साधारण सभामा संस्थाका पदाधिकारी, सदस्यहरू तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।साधारण सभापछि आयोजित वनभोज कार्यक्रम भक्तपुरको सल्लागारी क्षेत्रमा सम्पन्न भएको हो। वनभोज कार्यक्रमले सदस्यहरूबीच आपसी आत्मीयता, सद्भाव र एकतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका अवसरमा संस्थाले सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत समुदायको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।


Leave Your Comments