महाशिवरात्रि नजिकिँदै: नागा सन्न्यासीहरूको पशुपतिनाथ प्रवेश

Date: 2026-02-13
news-banner
काठमाडौँ - महाशिवरात्रि पर्व नजिकिँदै जाँदा छिमेकी मुलुक भारत लगायत नेपालका विभिन्न स्थानबाट नागा बाबाहरू काठमाडौं आइपुग्न थालेका छन्।

नागा बाबाहरू जन्तीसहित काठमाडौं प्रवेश गरी पशुपतिनाथ मन्दिर को प्रवेशद्वार नम्बर १ हुँदै मन्दिर परिसरमा प्रवेश गरेका छन्।जोगीका चार प्रमुख सम्प्रदाय—सन्न्यासी, वैष्णव, नानक र उदासी—मध्ये नागा बाबा सन्न्यासी सम्प्रदायअन्तर्गत पर्छन्। प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा यी चारै थरीका बाबाहरू उपस्थित हुने परम्परा रहँदै आएको छ।
महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी तथा भक्तजनहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। 

भीड व्यवस्थापन, सुरक्षा तथा सरसफाइ व्यवस्थापनलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोष ले तयारीलाई तीव्रता दिएको जनाएको छ।


Leave Your Comments