पाथीभराबाट शान्तिपूर्ण निर्वाचनको आह्वान गर्दै प्रधानमन्त्री ताप्लेजुङमा

Date: 2026-02-13
news-banner
प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा जिल्लाको शान्ति–सुरक्षा अवस्थाबारे जानकारी लिन ताप्लेजुङ पुगेकी छन्।

आज बिहान उनले पाथीभरा मन्दिर मा पूजाअर्चना गरेकी थिइन्। पूजापश्चात् प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत ‘फागुन महिना, निर्वाचन महिनापाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’ भन्दै सन्देश व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेटघाट गरी आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।


Leave Your Comments