ललितपुर - इनर ह्वील क्लब अफ सातदोबाटोले नेपाल राष्ट्रिय खड्गी समाज ललितपुर जिल्ला समितिका नवनियुक्त अध्यक्ष भगवान शाहीलाई बधाई तथा सम्मान गरेको छ।
मंगलबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा क्लबका पदाधिकारीहरूले अध्यक्ष शाहीलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए। सो अवसरमा क्लबका पदाधिकारीहरूले उनको सफल कार्यकालको कामना गर्दै समाजको हित र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा दुवै संस्थाबीच आगामी दिनमा सामाजिक तथा सामुदायिक गतिविधिमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।