ललितपुर–५ मा न्हु पोखरीसँगै नयाँ पार्क बन्ने

Date: 2026-03-15
news-banner
ललितपुर -  ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा पार्क निर्माण हुने भएको छ । 
स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोगमा पोखरीको पूर्वतर्फको खाली स्थानमा पार्क निर्माण गर्न लागिएको हो । 
पार्क निर्माण सम्बन्धी समझदारीपत्रमा आइतबार नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस सरकार विकास सहयोग एसडिसीको तर्फबाट साकिल मानन्धरले हस्ताक्षर गरे । नगर प्रमुख चिरीबाबु महर्जनले महानगरले हरियाली प्रबद्र्धन र खुल्ला ठाउँ सरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको बताए । निर्माण हुने यो पार्कले महानगरको खुल्ला ठाउँ संरक्षणको नीतिलाई बल पु¥याएको बताए । उनले पार्क निर्माणका लागि प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिए ।

ललितपुर महानगरपालिका वडा नंं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले पोखरीसँगै बन्ने पार्कले शहरलाई थप सुन्दर बनाउने दाबी गरे । जलवायु परिवर्तनले विश्वभरको वातावरण बिग्रदै गएको बताउँदै खुल्ला ठाउँ र हरियालीले वातावरण जोगाउन सहयोग गर्ने बताए । 

स्वीस सरकार विकास सहयोग एसडिसी साकिल मानन्धरले महानगरसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।


Leave Your Comments