हरिसिद्धिस्थित श्रीराम ग्यास भण्डारणमा वाणिज्य विभागको छापा, ३ लाख जरिवाना

Date: 2026-03-16
news-banner
ललितपुर- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास भण्डारणमा छापा मारेर कारबाही गरेको छ।

अनुगमनका क्रममा भण्डारणमा करिब ६ हजार ३ सय भरी ग्यास सिलिन्डर फेला परेपछि विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।

ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी ठूलो परिमाणमा सिलिन्डर भण्डारण गरि कालो बजारी गरिएको आशंकामा विभागको टोलीले अनुगमन गरेको हो। विभागले ग्यासको आपूर्ति र वितरणमा अनियमितता नगर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ।


Leave Your Comments