नेपाल भलिबल संघले काभा २० वर्ष मुनिको महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ ।टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका चार तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट एक/एक खेलाडी छनोट भएको हो ।
बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मीना सुनार र आरती चौधरी छनोट भए ।सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री छानिए । मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर रहेका छन् ।
प्रतियोगिता माल्दिभ्सको मालेमा यही ३१ असारदेखि ९ साउनसम्म हुनेछ ।