चैत १३ मा शाक्य वज्राचार्य समाजद्वारा भव्य नगर परिक्रमा तथा बृहत् जनसभा

Date: 2026-03-25
news-banner
ललितपुर । शाक्य वज्राचार्य समाजले सांस्कृतिक पहिचान, सामाजिक एकता तथा सामुदायिक सशक्तिकरणलाई अझ सुदृढ बनाउने उद्देश्यले भव्य नगर परिक्रमा तथा बृहत् जनसभा आयोजना गर्ने भएको छ।

समाजका अनुसार चैत १३ गते शुक्रबार साँझ ५:०० बजे सुरु हुने नगर परिक्रमा ललितपुरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै सम्पन्न गरिनेछ। कार्यक्रममा परम्परागत बाजागाजा, आकर्षक झाँकी तथा धार्मिक उत्साहले भरिपूर्ण वातावरण रहने जनाइएको छ।उक्त कार्यक्रममार्फत नेवा: समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। साथै, समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

नगर परिक्रमा तथा बृहत् जनसभामा उल्लेखनीय जनसहभागिता रहने अपेक्षा गरिएको समाजले जनाएको छ।



Leave Your Comments