ललितपुर । चैत्र शुक्ल अष्टमीको पावन अवसरमा माता दक्षिणकालीको प्रसाद स्वरूप समयवजी कार्यक्रम सम्पन्न गरिएको छ। दक्षिणकाली टोल विकास संस्था र दक्षिणकाली महिला समूहको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको सहयोग तथा ललितपुर महानगरपालिका वडा नं. ५ को सहकार्यमा आयोजना गरिएको आयोजकले जनाएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस अवसरमा श्रद्धालुहरूलाई प्रसादस्वरूप समयवजी वितरण गरिएको थियो।स्थानीय समुदायको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा परम्परागत संस्कृति संरक्षण र आपसी सद्भाव बढाउने उद्देश्य राखिएको आयोजक पक्षले जनाएको छ। यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा धार्मिक आस्था मजबुत बनाउनुका साथै सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
कार्यक्रममा स्थानीय बासिन्दा, श्रद्धालु तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।