देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ बाट सुरु गर्ने निर्णय भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले २०८३ साल वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको बताए ।
अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय सरकारले गरेको छ ।