विश्व बैंक र एडीबीबाट करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

Date: 2026-04-05
news-banner
सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बाट करिब २८ अर्ब रूपैयाँ बराबर सहुलियत ऋण लिने निर्णय गरेको छ । दुई ठूला परियोजनाका लागि सरकारले सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने भएको हो ।

अर्थमन्त्रालयको प्रस्तावमा यति सरकारले दुई ठूला परियोजनाका लागि यस्तो सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ ।सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एडीबीबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर गरी ९० मिलियन डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय भएको बताए । यसको कुल रकम करिब साढे १३ अर्ब रूपैयाँ हुन्छ ।

यस्तै दिगो, समावेशी वित्त परियोजना अन्तरगत विश्व बैंकबाट ९५ मिलियन डलर (१४ अर्बभन्दा बढी) ऋण लिने मन्त्रिपरिषदको निर्णय छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो।


Leave Your Comments