बालेनको वैंक खातामा १ करोड ४६ लाख वचत, पत्नीको १९० तोला सुन
Date: 2026-04-12
प्रधानमन्त्रीतथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको विवरण अनुसार शाहहो बैंक मौज्दात १ करोड ४६ लाख छ ।
उक्त रकम प्राप्तिको स्रोतमा शाहले फेसबुक, युट्युव, टिकटकलगायतका सामाजिक सञ्जाल देखाएका छन् । बालेनको पत्नी सविनाको १९० तोला सुन रहेको छ । प्राप्तिको स्रोत पृतृक रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।शाहले माता ध्रुवदेही शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा देखाएका छन् । त्यस्तै पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा छ ।