मामाघर अनाथालयको सामाजिक लेखा परीक्षण सम्पन्न

Date: 2026-05-31
news-banner
अर्चना झा (रासस)

ललितपुर, गोदावरी १७ जेठ : गोदावरी नगरपालिका–१४, ललितपुरस्थित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, नेपालको दोस्रो सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष निरोज बज्राचार्य रहनुभएको थियो भने संस्थापक सभाध्यक्ष विजय कृष्णमूर्तिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थापक विजय कृष्णमूर्तिले हाल आश्रममा बहत्तर जना अभिभावक विहीन तथा संकटग्रस्त बालबालिकालाई आश्रय, शिक्षा, स्वास्थ्य तथा संरक्षण प्रदान गर्दै आएको र संस्थाले सामाजिक लेखा परीक्षणमार्फत आफ्नो प्रगति, उपलब्धि, आय–व्यय तथा आगामी योजनाबारे जानकारी गराउनुभएको छ ।उहाँले हाल आश्रममा पचिस जिल्लाबाट आएका जसमा सैँतिस जना बालक र पैँतीस जना बालिका गरी ७२ जनालाई बालबालिकालाई आश्रय, शिक्षा र संरक्षण सेवा प्रदान तीनटै तहका सरकारका नीति नियम ऐन अनुसार कार्य गर्दै आएको बताउनुभयो ।

त्यसैगरी मामाघर आनाथालय का लेखा हेर्ने विष्णुराज गिरीले आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाले संस्था सञ्चालन तथा दान–सहयोगबाट जम्मा साठी लाख उन्नान्सय हजार नौ सय रुपैयाँ आय गरेको जनाएको छ । त्यस्तै कर्मचारी तलब, खाद्यान्न, घरभाडा, स्वास्थ्य उपचार, भवन निर्माण, शिक्षा, कपडा, विद्युत् तथा अन्य व्यवस्थापन खर्चसहित कुल एक करोड आठ लाख पैँचालिस हजार सात सय त्रिपन्न रुपैयाँ व्यय भएको जानकारी गराउनुभयो ।


कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा आश्रममा रहेका बालबालिकाहरूले नृत्य, कला तथा अन्य प्रतिभा प्रस्तुत गर्दै उपस्थित पाहुनाहरूलाई मनोरञ्जन गराएको गिरीले जानकारी ।

 साथै संस्थाले बालबालिकाको शिक्षा, संरक्षण, पारिवारिक पुनर्मिलन तथा उज्ज्वल भविष्य निर्माणमा निरन्तर काम गरिरहेको जानकारी दिएको थियो ।


Leave Your Comments