सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका नेतासहित ६ जना पक्राउ
Date: 2026-07-15
काठमाडौं — नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेपछि अध्यक्षसहित ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
राज्य आतंक बढेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी र कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा रहेका छन्।
अनेरास्ववियुले प्रदर्शनका क्रममा आफ्ना नेताहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।