रुकुमपूर्व केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

Date: 2026-07-19
news-banner
काठमाडौं — रुकुमपूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा रुकुमपूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।

थप विवरण प्राप्त हुनासाथ समाचार अद्यावधिक गरिनेछ।


Leave Your Comments