नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिनु भएको छ ।
आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।
ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गर्नु भएको थियो । योसँगै ओली चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो । उहाँ पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बन्नुभएको थियो भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
यस्तै, तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका गर्नुभएको थियो ।