प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

Date: 2024-07-15
news-banner
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको जिकिर रिटमा छ । 

ओलीको नियुक्ति बदर गरी संविधानको धारा ७६ (३) को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ। । उक्त रिटको पेशी आगमी साउन ६ गते तोकिएको छ ।

Leave Your Comments