सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिचको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । नेकपा एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमले आजको मन्त्रिपरिषद् बैठकले चीन र भारत दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको बताए ।पछिल्लो सहमतिअनुसार सत्तारुढ दल कांग्रेसको भागमा भारतको राजदूत परेकाले शर्मालाई नै निरन्तरता दिनसक्ने बुझिएको छ ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले भारत अमेरिका लगायतका ११ वटा देशका राजदूत फिर्ता बोलाएर ८ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो । तर सरकार फेरिएसँगै अघिल्लो सरकारले सिफारिस गरेका राजदूत नियुक्ति प्रक्रिया अघि बढ्न नै सकेको थिएन ।