रासस अर्चना झा
ललितपुर , गोदावरी १३ साउन : साउन १ गते देखि सञ्चालन भइरहेको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको चर्चा चौतर्फि चलिरहेको छ ।
चौतर्फि चर्चा चलिरहँदा देश तथा विदेशबाट अहिले भक्तजन आउने दर्शन गर्ने प्रकृया पनि बाक्लो हुँदै गएका छन् । शारीरिक रुपमा अशक्त रहेका देखि लिएर बालक युवा बृद्ध सबैको रोजाइमा परेको छ पशुपति कोटिहोम महायज्ञ । यसै क्रममाः महायज्ञको १२ औं दिनमा एक जना महिलाई एम्बुलेन्समा राखेर महायज्ञ स्थलमा पुराइयो ।
मानव सेवा फाउन्डेसन आयोजकका अनुसार,
"लामो समयदेखि बल्खुको बयोद्धा अस्पतालको आइसियूमा भर्ना भइरहेकी ललितपुर सुनाकोसीकी ९१ बर्षिया पार्वती शाही एक लाई उनका ३ जना छोरीहरुले महायज्ञको दर्शन गराउनको लागि पशुपति कोटिहोममा लग्नुभयो । अचेत अबस्थामा रहेकी आमालाई छोरी र ज्वाईले उचालेर महायज्ञ स्थल सम्पूर्ण घुमाए अनि आमाकै नाममा रु ५१ हजार पनि दान गर्नुभयो ।"
"कोटिहोम महायज्ञको चर्चा र यहाँको वातावरणले घरमा बस्न मन पनि लागेन आइसियूमा भर्ना भएकी आमालाई केहि शान्ति होस् अनि सिग्र स्वास्थ्य लाभको कामना गर्नको लागि महायज्ञ दर्शन गराउन ल्याएको छोरी डम्बरा शाहीले बताएकी छिन ।" उनले भनिन् आमा पार्वती शाहीप्रती सिग्र स्वास्थ्य लाभको कामना ।"