अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा १४ गते सम्म पशुपति कोटिहोममा कथा प्रवचन गर्ने

Date: 2024-07-28
news-banner
रासस अर्चना झा 

 ललितपुर गोदावरी १३ साउन :  दर्शकबीच अन्तर्राष्ट्रिय कथा वाचिका देबी प्रतिभा थप २ दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छिन ।

 १२ गते नै भारत फर्किने गरि पशुपति कोटिहोम महायज्ञमा श्रीमदभागवत कथा प्रवचन गर्न आएकी देवी प्रतिभा सोमबार सम्म नेपालमै बस्ने भएकी हुन् । उनले १३ गते देखि नै भारतमा रहेको प्रवचन केहि समयलाई पर सारेर थप २ दिन पशुपति कोटिहोम महायज्ञमा प्रवचन दिने भएकी छिन् । देबी प्रतिभाले साउन १३ र १४ गते विहानी सत्रमा राम कथा प्रवचन गर्ने छिन । त्यस्तै देवी प्रतिभाले यो नेपाली शिर उचाली गीत गाउदै सबै नेपालीलाई भावुक बनाएकी थिइन । त्यसै पनि देवी प्रतिभाले आफ्नो हरेक प्रवचनको क्रममाः नेपालको खेलेर प्रशंसा गर्ने गरेकी छिन । यद्दपी उनि अहिले भारतलाई नै आफ्नो पूर्ण कर्म थलो बनाएकी छिन्  । त्यस्तै प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता बोलको गीत पनि देबी प्रतिभाले भक्तजनहरुको बिचमै गएर प्रस्तुत गरेकी थिइन ।

कोटीहोममा देशविदेशबाट हजारौंको सङ्ख्यामा कथा श्रवण , भजन किर्तन र पुण्य कमाउन आइराखेको छन् ।

Leave Your Comments