पिनाकल एकेडेमी कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न

Date: 2024-07-31
news-banner
ललितपुर - पिनाकल एकेडेमी कलेजको अभिमुखिकरण (Orientation) कार्यक्रम सम्पन्न भएको छ।  कक्षा ११ का विद्यार्थीहरुलाई लक्षित गरि गरिएको अभिमुखिकरण कार्यक्रम सोमबार  सम्पन्न भएको हो।

कार्यक्रम  शरदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। अभिमुखिकरण कार्यक्रममा पूर्व उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा. कुलप्रसाद कोइरालाले कार्यक्रमको उद्घाटन गर्दै हरेक व्यक्तिलाई असल र सहि बाटो हिड्न  शिक्षाले टेवा दिने हुँदा  शिक्षा ज्यादै  महत्वपूर्ण रहेको बताउँनुभयो ।

कार्यक्रममा  पिनाकल एकेडेमी कलेजका प्रधानाध्यापक डा. ऋषि तिवारीले स्वागत मन्तव्य राख्दै एसईईमा पास भई ११ कक्षामा पुग्न सफल भएकोमा विद्यार्थीहरुलाई बधाई व्यक्त गर्नुभयो । अबको दुई वर्षको पढाइ भनेको आफ्नो सपना साकार पार्नको निम्ति राम्रोसँग पढ्नको लागि विद्यार्थीहरुलाई सुझाव दिनुभयो । 

त्यस्तै कार्यक्रम संयोजक रवि तिमल्सिना , आत्माराम कोइराला , अजय कुमार झा लगायतले  स्वागत मन्तव्य राखेका थिए । अभिमुखिकरण कार्यक्रममा ११ कक्षामा भर्ना भएका विद्यार्थीहरुले म मेरा शिक्षक र अभिभावकको आज्ञा पालन गर्नेछु , म विद्यालयको नियम र नियम पालना गर्नेछु। भनेर विद्यार्थीहरुले सपथ ग्रहण गरेका थिए । 

आर्य एकेडेमी, सीतापाइलामा अध्यापन गरि एसईईमा ४ जिपिए ल्याउन सफल भएका दुर्गा गौतम, स्वस्तिका ढुंगाना  र उनको अभिभावकहरुलाई पिनाकल कलेजले अभिनन्दन  गरिएको थियो । त्यस्तै कलेज फुटसल प्रतियोगितमा विजय हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा हाँस्य कलाकार राजा राजेन्द्रले अभिमुखीकरण कार्यक्रमलाई आफ्नो कला प्रस्तुत गरेर माहौल हाँस्यमय बनाएका थिए ।त्यस्तै पिनाकल एकेडेमी कलेजका शिक्षक तथा कर्मचारीहरु र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।
 
अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रर्दशनी गरेका थिए ।

Leave Your Comments