सेयर बजारमा तीब्र उचारचढाव

Date: 2024-08-06
news-banner
 लगातारको वृद्धिलाई ब्रेक लगाउँदै मंगलबार सेयर बजार परिसूचक नेप्से घट्न पुगेको छ । दिउँसो २ बजे बजार १०७ अंकले घटेका पुनः ८२ अंकको ऋणात्मकमा फर्किएको छ । यस्तै नेप्से सूचक २७ सयको विन्दुमा ओर्लिएको हो । 

पछिल्लो कारोबार दिन सोमबार ४०.७६ अंकले बढ्दै नेप्से सूचक २७९६.३८ अंकमा उक्लिएको थियो । असार २० गते यता एक महिनामा ६६० अंकले बढेर २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक गिरावट आएको थियो। ठूला लगानीकर्ताले कमाउने र साना लगानीकर्ता फस्ने खतरा बढेको पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले नै संसय व्यक्त गरेका छन् । 

हिजो मात्र बसेको प्रतिनिधि सभाको बैठकमा समेत स्वतन्त्र सांसद अम्रेश सिंहले ठूला लगानीकर्ता र ब्रोकर मिलेर अस्वभाविक बजार बढाएको र साना लगानीकर्तालाई डुबाउने खेल शुरु भएको बहस उठाएका थिए । 

Leave Your Comments