राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुने बताएका हुन् ।उनले भने, ‘हिजो साँझदेखि मेरो टेलिफोन कलमा लगभग २ हजार भन्दा बढी कलहरू आएका छन् , धेरैजसो युवाहरूले फोन गरेका छन् , उनीहरूको भनाई थियो की भ्रष्टाचारको मुद्दामा यो पाँच वर्षे हदम्याद लगाउन जुन खोजिएको छ , म आफ्नो तर्फबाट र आफ्नो दलको तर्फबाट सिङ्गो सदनलाई र देशलाई जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन, नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट । ’
दलितहरूले आफ्नो हक माग्ने अधिकारलाई राज्यले दमन गर्न नहुने स्पष्ट पारे ।