बढ्यो अमेरिकी डलरको मूल्य

Date: 2024-08-23
news-banner

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

बिहीबार बढेको विदेशी मुद्राको विनिमय दरले आजसमेत निरन्तरता पाएको  हो ।आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ ।त्यस्तै, युरो एकको खरिददर १४९ रुपैयाँ २४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९७ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Leave Your Comments