मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार शुक्रबार बिहान हेटौंडा उपमहानगरपालिका-९ मास्टर चोकमा सवारी दुर्घटना भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको एनएल०१एल २९७१ नम्बर भारतीय एलपी ग्यास बुलेटले विपरीत दिशाबाट आउँदै गरेको ग३च ८४४९ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।दुर्घटनमा कार चालक स्याङ्जा अरुणचौपाही-१ बस्ने ३३ वर्षीय चुडाबहादुर विष्ट, कारमा सवार कास्की पोखरा महानगर-११ बस्ने ६३ वर्षीय पुरण श्रेष्ठ र लम्जुङ बेसीसहर-८ बस्ने १७ वर्षीया नेहा राना मगर घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारको लागि सन्चो अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
ग्यास बुलेटका चालक फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।