पढाइ र खेलकुद दुवैमा अब्बल पिनाकल कलेज

Date: 2024-08-27
news-banner
ललितपुर - पिनाकल एकेडेमी कलेज पढाइ र खेलकुद दुवैमा अब्बल रहेको छ । 

 धेरै पहिला देखि पढाइमा अब्बल रहदै आएको पिनाकल कलेजले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न  खेलकुदहरुमा विशेष जोड दिदै आएको हुँदा खेलकुदमा पनि आफुलाई  अग्र स्थानमा राख्न सफल भएको छ ।  प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधिमा पिनाकलले प्रथम जित हासिल गर्न सफल भएको हो । हाइप यती इभेन्ट्सको आयोजना सम्पन्न प्रतियोगिता खेलमा  ३२ ओटा कलेजहरुलाई हराउँदै पिनाकल कलेज प्रथम हुन सफल भएको थियो  ।

पिनाकल एकेडेमीका विद्यार्थीहरुले प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधिमा प्रथम जित हासिल गर्न सफल भएको हुँदा पिनाकल कलेजका प्रधानाध्यापक डा. ऋषि तिवारीले  खुशी प्रकट गर्दै आफ्ना विद्यार्थीहरुलाई खादा र टीका लगाई बधाई तथा  सम्मान गर्नुभएको छ ।

प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता 

हाइप यती इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन ह्वाइटहाउसलाई ४ रनले हराएको थियो । रोयल स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा पिनाकलले दिएको ९९ रनको लक्ष्य पाएको हिमालयनले पूरा १० ओभरमा ६ विकेट गुमाई ९४ रनमात्र बनाउन सकेको थिय । टोलीका नितिश मोक्तानले सर्वाधिक ३८ र मोहम्मद रियाजले १८ रन बनाए । पिनाकलका अभिषेक थापाले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द फाइनल भएका अभिषेकले ३ ओभरमा २२ रन खर्चिए । अपराजित पौडेलले २ विकेट लिए ।
यसअघि टस जितेको पिनाकलले १० ओभरमा ४ विकेट गुमाई ९८ रन बनायो । अभिषेक थापाले सर्वाधिक २४, सन्देश खड्काले १८, हिमाल विष्टले १६ र अपराजित पौडेलले १३ रन बनाए । हिमालयनका जीवन कार्कीले २ विकेट लिए ।

विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी पाए । यसअघि पहिलो सेमिफाइनलमा पिनाकलले शिक्षान्तर कलेजलाई १२ रन र हिमालयन ह्वाइटहाउसले एभीएस स्कुललाई २६ रनले पराजित गरेका थिए । उत्कृष्ट खेलाडी पिनाकलका अभिषेक थापा चुनिए । उत्कृष्ट ब्याटर शिक्षान्तरका कृष शाही ठकुरी, उत्कृष्ट बलर पिनाकलका अभिषेक थापा, उत्कृष्ट फिल्डर हिमालयनका नितिश मोक्तान चुनिए ।

Leave Your Comments